काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य आइतबार तोलामा ५६ सयले वृद्धि भएको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो दुई दिनको अन्तरालमा प्रतितोला पाँच हजार ६०० रुपैयाँले वृद्धि भएको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँ र प्रतिदश ग्राम ४ हजार ६५१ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ र प्रतिदश ग्राम ४ हजार ३३० रुपैयाँ कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ।








