काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्य बढेको छ। शुक्रबारको तुलनामा सुनको मूल्य आज ५६ सय रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २० हजार पाँच सय रुपैयाँ पुगेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख १४ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला दुई सय ४५ रुपैयाँले बढेर पाँच हजार नौ सय ८५ मा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला पाँच हजार सात सय ४० रुपैयाँमा कारोबार भएको थियो।