काठमाडौं ।, नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको छ ।
आज सुन तोलाको दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार ९पुस २५० छापावाल सुन तोलामा दुई लाख ६७ हजार ८०० कायम थियो ।
चाँदीको मूल्य तोलामा २१० रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य चार हजार ९९० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीको मूल्य तोलाको चार हजार ७८० रुपैयाँ थियो ।







