काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला दुई लाख ५८ हजार ८ सय रुपैयाँकायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आइतबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ ले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको छ । अघिल् लो दिन चाँदीको मूल्य प्रतितोला ३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।







