काठमाडौं । नेपाली बजारमा सुनको भाउ बुधबार उच्च अंकले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १४ हजार ६०० रुपैयाँले बढेको हो ।

आज एक तोला सुन दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा ४१५ रुपैयाँले बढेर चार हजार ९२० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो । यसअघि एक सातासम्म सुनचाँदीको मूल्य निरन्तर ओरालो लागेको थियो ।