काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुन तोलामा तीन हजार पाँच सय र चाँदीको मूल्य एक सय रुपैयाँले बढेको छ ।
आज एक तोला सुनको मूल्य दुई लाख ५६ हजार ६०० रुपैयाँकायम भएको छ । एक तोला चाँदीको मोल तीन हजार ९०५ रुपैयाँ निर्धारण भएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज औँस सुन चार हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।








