काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ। आज सुन प्रतितोला १०० रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

आज चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो।