काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्यमा गिरावट आएको छ । चाँदीको भने भाउ बढेको छ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यसको मूल्य प्रतितोला दुई लाख ३७ हजार रुपैयाँ थियो।

ADVERTISEMENT

चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेर दुई हजार ९६५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला दुई हजार ९२० रुपैयाँमा कारोबार भएको थियो। लगातारको गिरावटपछि आज चाँदीको भाउ बढेको हो ।