काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला सात हजार दुई सय रुपैयाँ र चाँदी प्रतीतोला १६५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार सात सय रुपैयाँमा कारोबार भएको छ।
बिहीबार सुन तोलामा दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो। सुनचाँदीको मूल्य बिहीबारको बजारमा पनि भारि मात्रामा वृद्धि भएको थियो ।
आज चाँदी तोलाको चार हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी तोलामा चार हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।










