काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुुन प्रतितोला ६७ सय रुपैयाँ बढेर दुई लाख ९० हजार दुई सय रुपैयाँ पुगेको छ।

हिजो सुन तोलामा २५ सय रुपैयाँ घटेर दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा झरेको थियो। आइतबार सुनको मूल्य तोलामा पाँच हजार रुपैयाँ बढेको थियो। शुक्रबार सुनको भाउ तोलामा ४६ सय रुपैयाँ घटेको थियो । बुधबार एकैदिन सुनको भाउ तोलामा १३ हजार रुपैयाँ बढेको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १४४ रुपैयाँ बढेर चार हजार ८४५ रुपैयाँ पुगेको छ। माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।