काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ। आज छापावाल सुज तोलामा तीन हजार रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी सोमबार चार हजार आठ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २५ रूपैयाँ घटेको हो। आइतबार तोलामा चार हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।