काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल क्यालेन्डर सार्वजानिक गरेको छ । बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आक्ष्तबार आयोजित एक कार्यक्रमका बीच ‘महालक्ष्मी क्यालेन्डर २०८३’ को डिजिटल संस्करण सार्वजनिक गरिएको हो ।
परम्परागत रुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्यअनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको बैंकले जनाएको छ । महत्वपूर्ण चाडपर्वहरु, तिथि, सार्वजनिक बिदा, शुभसाइत तथा विक्रम संवत, नेपाल संवत तथा अंगे्रजी संवतको मितिहरुलगायतका सम्पूर्ण विषयवस्तुहरु डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ ।
नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरुका लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरुको संस्कृतिलाई सम्बर्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । महालक्ष्मी डिजिटल क्यालेन्डर २०८३ क्यूआर स्क्यान गरी हेर्न वा डाउनलोड गर्न सकिनेछ ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसात गर्दै ३१ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको देशभर १०३ शाखा कार्यालयहरु र आठ लाख ५० हजारभन्दा बढी ग्राहक छन् ।




