काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले आकर्षक सुविधा रहने गरी परिमार्जित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको छ ।

नेपाली बजारमा सुनचाँदीप्रतिको आकर्षण उल्लेखनीय रुपमा बढ्दै गरेको तथा सुनचाँदीलाई लगानीको रुपमा पनि प्रयोग गर्न सकिने विकल्पको रुपमा समेत हेरिएको भन्दै बैंकले विशेष सुविधासहित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको हो ।

ADVERTISEMENT

कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिवद्धतासहित यो सुविधा बैंकले प्रदान गर्ने भएको हो । यसअन्तर्गत ग्राहकहरुले प्रतिस्पर्धी ब्याजदरमै सुनचाँदीको धितोमा कर्जा उपभोग गर्न सक्नेछन् । कुनै पनि आधिकारिक विक्रेताहरुबाट सुनचाँदी खरिद गर्नसमेत बैकले कर्जा प्रदान गर्नेछ । यो योजनाअन्तर्गत कर्जाको अधिकतम सीमा ५० लाख रुपैयाँ हुनेछ ।

बैंकले हाल यो सेवा न्यूरोड (काठमाडौ), न्यूरोड (पोखरा), महाराजगन्ज, हेटौडा, भैरहवा शाखाहरुमार्फत प्रदान गर्ने जनाएको छ । यद्यपि सुनचाँदी कर्जाको निवेदन जुनसुकै शाखा कार्यालयमार्फत पेस गर्न सकिने बैंकले जनाएको छ । ग्राहकहरूको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने विश्वास व्यक्त गर्दै बैंकले भविष्यमा समेत ग्राहकहितमा केन्द्रीत रही बिभिन्न अवसर तथा चाडपर्वहरुमा नविनतम् सेवाहरू उपलब्ध गराँउदै जाने बैंकले जनाएको छ ।

ADVERTISEMENT