काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सिद्धार्थ हस्पिटालिटीलगायतका विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौतापछि महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
सिद्धार्थ हस्पिटालिटी तीनकुनेलगायतका सम्पूर्ण आउटलेटमा आवासमा २० प्रतिशत, खाना तथा पेय पदार्थमा १० प्रतिशत, बन्दीपुर माउन्टेन रिसोर्टमा खाना तथा आवासमा ७ प्रतिशत, स्माइल ३६० डेन्टल सामाखुसीमा दन्त सेवामा २० प्रतिशत, बन्दीपुर बजार घरमा खाना तथा आवासमा ७ प्रतिशत, लन्जेभिटी हेल्थ होम टुटेपानी ललितपुरमा अकुपञ्चर, पञ्चकर्म, प्याथोलोजी, डक्टर, चेकअपलगायतको सेवामा २० प्रतिशतसम्म विशेष छुट पाइनेछ ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरुले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ । यसअन्तर्गत आफूले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकमको भुक्तानी ६ महिनादेखि १२ महिनासम्मको लचिलो अवधि रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्नसमेत सक्नेछन् ।






