काठमाडौँ। महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) नीति अनुरूप वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पूर्वाधार सुधार, दिगो विकास लक्ष्य, मानव सेवा र परोपकारका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

यसैअन्तर्गत बैंकले लायन्स क्लब अफ काठमाण्डौं गुँराससँगको सहकार्यमा ललितपुरको वडा न. २१, खोकना स्थित श्री गन्धकुटी विहारमा बृहत स्वास्थ्य शिविर सञ्चालन गर्न आर्थिक सहयोग गरेको छ। शिविरमा स्तन क्यान्सर, सर्भिकल क्यान्सर, कोलोन क्यान्सर, मधुमेह, थाइराइड जस्ता रोगहरूको पहिचान तथा साधारण स्वास्थ्य र दन्त परीक्षण सेवा उपलब्ध गराइएको थियो।

ADVERTISEMENT

त्यसैगरी, सवारी दुर्घटना न्यूनीकरण, सवारी व्यवस्थापन र अव्यवस्थित पार्किङ समस्या समाधानका लागि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जसँगको सहकार्यमा विभिन्न ट्राफिक संकेत र रोड फर्निचर हस्तान्तरण गरिएको छ।

दलित सशक्तिकरण अन्तर्गत केन्द« नेपालको सहकार्यमा हुम्ला जिल्लाको अदानचुली गाउँपालिका (वडा नं. १–६) का व्यक्तिहरूलाई सिलाई मेसिन वितरण गर्दै परम्परागत व्यवसायिक सीप, पेशा र कलालाई प्रोत्साहन र आधुनिकिकरण गर्दै क्षमता अभिवृद्धि तथा आर्थिक उपार्जनमा सहयोग गरिएको छ।

ADVERTISEMENT

साथै, भानुपथ, सिदार्थनगर–०९, रुपन्देहीको श्री भानु माध्यमिक विद्यालयमा खेलमैदान निर्माणका लागि भैरहवा शाखाद्वारा आर्थिक सहयोग गरिएको छ। बैंकको सहयोगमा खेलमैदानमा भाष्टक राखी रोलिङ्ग गरी पानीको निकासको काम सम्पन्न गरिएको हो।

बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरूबाट समग्र आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।