चितवन । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शाखा व्यवस्थापकहरूको चारदिने ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न गरेको छ। साउन १४ देखि १७ गतेसम्म सञ्चालन भएको कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ को व्यवसायिक समीक्षा, आर्थिक वर्ष २०८३/८४ को रणनीति, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मान र क्षमता अभिवृद्धिसम्बन्धी प्रशिक्षणका कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रमको उद्घाटन प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गर्दै गरेका थिए। उनले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले अघिल्लो वर्षको तुलनामा उल्लेखनीय व्यवसायिक वृद्धि हासिल गरेको उल्लेख गर्दै कर्मचारी, अभिकर्ता तथा बीमितप्रति आभार व्यक्त गरे। साथै आगामी आर्थिक वर्षको रणनीतिअनुसार आत्मविश्वासका साथ अघि बढ्न सबैलाई आग्रह गरे।

ADVERTISEMENT

देशभरबाट व्यवस्थापन टोली, प्रदेश प्रमुख, शाखा प्रमुख तथा सेल्स एक्जुकेटिभसहित करिब २०० जनाको सहभागिता रहेको कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रदेश प्रमुख, शाखा प्रमुख तथा सेल्स एक्जुकेटिभलाई सम्मान गरिएको थियो।

ADVERTISEMENT

कार्यक्रममा आचार्य राजाबाबु साहले ‘पावर अफ माइन्ड सेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए। प्रशिक्षणले व्यवसायिक सोच, नेतृत्व क्षमता र कार्यसम्पादन सुधारमा सकारात्मक ऊर्जा प्रदान गरेको कम्पनीले जनाएको छ।

यसैबीच, नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले विगतका अनुभवबाट सिक्दै सुधारसहित अघि बढे कम्पनीले अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरे। नायब महाप्रबन्धक तथा नेशनल सेल्स हेड सोनबहादुर मगरले आर्थिक वर्ष २०८३/८४ को व्यवसायिक रणनीति प्रस्तुत गर्दै लक्ष्य हासिल गर्न सबै तहको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

ADVERTISEMENT