काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको छ ।
महासंघका अनुसार, आइतबार सुन प्रति तोला दुई लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर दुई लाख ३९ हजार ९०० रुपैयाँमा आइपुगेको छ। तिहारपछि आइतबार सुन तोलामा ११ हजारले घटेको थियो ।
चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। हिजो प्रति तोला तीन हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर प्रति तोला दुई हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी साढे दुई सय रुपैयाँले घटेको थियो ।







