काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घटेको छ।

ADVERTISEMENT

आज छापावाल सुनको मूल्य तोलामा दुई लाख ३७ हजार दुई सय रुपैयाँ निर्धारण गरिएको छ । यसअघि मंगलबार सुनको मूल्य तोलामा दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

आज चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ। मंगलबार तोलामा तीन हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा दुई हजार ९९० मा झरेको छ ।

 

ADVERTISEMENT