काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
गत शुक्रबार प्रतितोला दुई लाख १० हजारमा कारोबार भएको सुनको मोल आइतबार दुई हजारले बढेर दुई लाख १२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा १० ले बढेको छ । आज एक तोला चाँदी दुई हजार ५०० मा किनबेच भइरहेको छ ।
गत बुधबार एक तोला सुन दुई लाख सात हजार ९०० र त्यति नै परिमाणको चाँदी दुई हजार ४८० मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







