काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा केही कमी आएको छ । चाँदीको मूल्यमा सामान्य बढेको भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ९०० रुपैयाँ र एक तोलाको चाँदीको मोल पाँच हजार ७४० रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला सुन तीन लाख १५ हजार ४०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार ७२५ रुपैयाँ निर्धारण भएको थियो ।
गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ९०० र एक तोला चाँदीको मोल पाँच हजार ५८५ रुपैयाँ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुन तीन लाख १३ हजार ५०० र एक तोला चाँदी पाँच हजार ५९५ मा खरिदबिक्री भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १८७ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








