काठमाडौं । सुनचाँदी हालसम्मकै महँगो भएको छ । नेपाली बजारमा सोमबार सुन प्रतितोला दुई हजार चार सय रुपैयाँ बढेर दुई लाख ४० हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

यसअघि गत साताको बिहीबार सुनको मूल्य दुई लाख ३९ हजार दुई सय रुपैयाँ पुगेर केही घटेको थियो। शुक्रबार सुनको मूल्य प्रतितोला चार हजार दुई सय रुपैयाँ घटेको थियो।

गएको आइतबारदेखि बिहीबारसम्म लगातार उच्च मूल्यको नयाँनयाँ रेकर्ड कायम गर्दै आएको छ ।

नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य आज तोलामा ३५ रुपैयाँ बढेर तीन हजार दुई सय २० रुपैयाँ पुगेको छ। चाँदीको यो मूल्य पनि अहिलेसम्कै सर्वाधिक महँगो हो।