काठमाडौं । नेपा बजारमा सोमबार पनि सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। आज सुन प्रतितोला एक हजार चार सय रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

आज चाँदी प्रतितोला चार हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला चार हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

पछिल्ला दिनमा सुनचाँदीको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ।

ADVERTISEMENT