काठमाडौं । साताको चौथो कारोबार दिन सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

आज चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला तीन हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ३ हजार ५ सय ४५ मा कारोबार भएको थियो ।

ADVERTISEMENT