काठमाडौं। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिँदै पार्टी फुटेको नभई कांग्रेसभित्र सकारात्मक परिवर्तन आएको बताएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले नेपाली समाज र युवापुस्ताले परिवर्तन चाहेको उल्लेख गर्दै कांग्रेसमा पनि त्यही अपेक्षाअनुसार परिवर्तन आएको बताइन्। “नेपाली कांग्रेसमा नयाँ सभापति आउनुभएको छ, यसलाई पार्टी फुटेको भनेर होइन, परिवर्तनका रूपमा लिनुपर्छ,” उनले भनिन्।

ADVERTISEMENT

नेतृ कोइरालाले गगन थापालाई पार्टी नेतृत्व गर्दा बिपी कोइरालाको विचार र गिरिजाप्रसाद कोइरालाको संगठनात्मक अनुभवलाई आत्मसात गर्न सुझाव दिएकी छन्। साथै उनले परिवर्तनलाई खुसीसाथ स्वीकार गर्न, कानुनको अत्यधिक व्याख्यामा नअल्झिन र कसैलाई पनि नआत्तिन तथा नडराउन आग्रह गरेकी छन्।

ADVERTISEMENT