काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता, जनप्रतिनिधि र कार्यकर्ताले पालना गर्नुपर्ने राजनीतिक मर्यादा र आचरणको कठोर मापदण्ड सार्वजनिक गरेको छ।

काठमाडौंमा जारी १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा पार्टीले अबदेखि ‘के गर्ने र के नगर्ने’ भन्ने स्पष्ट सीमारेखा कोरिएको छ।

ADVERTISEMENT

दस्तावेजको खण्ड ९.७ मा प्रस्तुत गरिएको यो मापदण्डअनुसार अब कांग्रेसले चुनावमा गठबन्धन नगर्ने, भ्रष्टाचारमा मुछिएकालाई संरक्षण नदिने र गुट वा पैसाका आधारमा टिकट नबाँड्ने प्रतिबद्धता जनाएको छ।

ADVERTISEMENT

यसैगरी, संवैधानिक नियुक्तिमा दुई वर्षको कुलिङ अफ लागू गर्ने र बिचौलियाको प्रभावलाई रोक्ने नीति लिइएको छ।नेतृत्वको सदिच्छामा मात्र भर नपरी यी मापदण्डलाई विधान, कार्यविधि, अभिलेख र सार्वजनिक समीक्षाबाटै लागू गरिने कांग्रेसले जनाएको छ।

अरूसँग मागिएको मापदण्ड आफ्नै निर्णयमा लागू गर्नु पार्टीको विश्वसनीयताको आधार हुने दस्तावेजमा उल्लेख छ।

कांग्रेसले अंगीकार गर्ने र निषेध गर्ने राजनीतिक मर्यादाको पूर्ण सूची तलको तालिकामा प्रस्तुत गरिएको छ ।

क्षेत्रहामी के गर्नेछौंहामी के गर्नेछैनौं