काठमाडौं । नेपाली कांग्रेसले सरकारले बजेटमार्फत सुुनमा लगाएको विलासिता करमा पुुनर्विचार गर्न माग गरेको छ ।

सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । केन्द्रीय समितिमा केन्द्रीय सदस्यहरुले सुनचाँदी व्यवसायीहरुको मागबारे आफनो धारणा राखेका थिए ।

ADVERTISEMENT

पाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सुनमा लगाएको विलासिता कर लगाएको पुुनर्विचार गर्न माग गर्ने कुुरा निर्णयमा रहेकाले व्यवसायीको माग सम्बोध गर्नुुपर्ने विषय अघि सादै आएको जानकारी दिनुुभयो ।

रकारले बजेटमार्फत सुुनका गहना कारोबारमा दुुई प्रतिशत विलासिता कर र हिरा जडित गहनामा १३ प्रतिशत मूूल्य अभिबृद्धि कर (भ्याट) लगाएको छ । कर र भ्याटले उपभोक्ता र व्यवसायी दुवैलाई असर पर्ने भन्दै व्यवसायी तिन सातादेखि पसल बन्द गरेर विरोधमा उत्रेका छन । कर र भ्याट फिर्ता नभएसम्म पसल खुुला नगर्ने व्यवसायीले बताएका छन ।

ADVERTISEMENT