काठमाडौं । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले सडक कटान गरेपछि अवरुद्ध बनेको बीपी राजमार्गमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ।

निर्माणाधीन राजमार्गको पिप्ले र गिम्दीबेसी क्षेत्रमा खोलाले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको थियो। कटान भएको क्षेत्रमा ब्याक कटिङ गरी आइतबार साँझदेखि सडक खुलाइएको हो।

ADVERTISEMENT

पूर्वाधार विकासमन्त्री सुनिल लम्साले सडक खुलाइएसँगै उक्त खण्डमा यातायात सेवा पुनः सञ्चालनमा आएको जानकारी दिएका छन्।

ADVERTISEMENT

मन्त्री लम्साका अनुसार चक्रवात ‘अर्नब’ का कारण देशका विभिन्न स्थानमा अवरुद्ध भएका सडकसमेत पूर्ण रूपमा सञ्चालनमा आएका छन्।

सडक खुलेपछि उक्त खण्ड भएर यात्रा गर्ने यात्रु तथा सवारीसाधनलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।