काठमाडौं । प्रभु बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार बिहान ११ बजे बसेको साधारणसभाले विभिन्न निर्णयहरु पारित गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष किशोरजंग कार्कीको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्यालयमा बसेको साधारण सभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आ.व. ०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका अनुसूचीहरु पारित गरेको छ ।
साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको र प्रभु स्टक मार्केट लि. को गत आ.व. २०८१/०८२ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरु सर्वसम्मत्बाट पारित भएको बैंकले जनाएको छ ।
प्रभु बैंकले देशभर ६८ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, २६९ वटा एटिएम तथा ३१२ वटा शाखा कार्यालयहरु सहित देशभर पैmलिएको आफ्नो बैंकिङ सञ्जालको माध्यमबाट ३७ लाखभन्दा बढी ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।








