काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितलाई पार्टीबाट निष्कासनको घोषणा गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाहीको घोषणा गरेको हो । यससँगै कांग्रेस औपचारिक रूपमा विभाजन भएको छ ।
यस्तै, सहमहामन्त्री फर्मुला मन्सुरलाई पार्टीबाट निष्कासन गरिएको छ । उनीहरूलाई पार्टी हितविपरीत गएको निष्कर्षका साथ निष्कासनको घोषणा गरेको हो ।
उता, भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनले गगनलाई सभापति र विश्वप्रकाश शर्मा, प्रदीप पौडेललाई महामन्त्री निर्वाचित गर्ने तयारी गरेको छ ।







