काठमाडौं । पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोसीमा देशभरकै सबैभन्दा धेरै वर्षा मापन भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहान ६ः४२ बजेसम्म रोसीस्थित मौसम मापन केन्द्रमा ३३ मिलिमिटर वर्षा रेकर्ड गरिएको हो।
विभागका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती र मधेस प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ। त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा मापन गरिएको विभागले जनाएको छ।
वर्षाका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।








