काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको हो।

छापावाल सुन प्रतितोला एक लाख ९७ हजार पाँच सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

आइतबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । चाँदी तोलामा २३ सय ५० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी २३ सय १० रुपैयाँमा कारोबार भएको थियो।