काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घट्दा चाँदी मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ। आज छापावाल सुन प्रतितोला तीन लाख २२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख २२ हजार दुई सय रुपैयाँ थियो।
आज चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।










