काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
आज प्रतितोला दुई लाख ४३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य दुई लाख ४२ हजार ८ सय रुपैयाँ कायम थियो।

ADVERTISEMENT

चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ। महासंघका अनुसार आइतबार तीन हजार १३५ रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ।