काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला चार हजार पाँच सय रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो।

ADVERTISEMENT

आज सुन प्रतितोला दुई लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भएको छ। सोमबार सुन तोलामा दुई लाख ८२ हजार चार सय रुपैयाँ किनबेच भएको थियो।

ADVERTISEMENT

आज चाँदी तोलामा चार हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार बजारमा चाँदी तोलामा चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्य निरन्तर घटेको छ ।