काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाएका छन्। आफूमाथि धेरै मुद्दा लागेको प्रसंग उल्लेख गर्दै लामिछानेले सबै निकायमा जानकारी गराउन र उपस्थित हुनुपर्ने अवस्था आएको बताएका छन्।

एक सार्वजनिक अभिव्यक्तिमा उनले भने, “म त सायद सबैभन्दा धेरै मुद्दा लागेको मान्छे हुन सक्छु। सबैतिर जानकारी गराउनु पर्ने रहेछ, पुग्नु पर्ने रहेछ।” उनले केपी ओलीले आफूले “ठूलो गुन लगाएको” भन्ने भनाइप्रति व्यंग्य गर्दै प्रश्न उठाए, “वहाँले गुन कहाँ लगाउनु भएको रहेछ? अब यो जिन्दगीभरि गुन तिर्दै जानु पर्ने छ।”

ADVERTISEMENT

रवि लामिछानेले आफू कानुनी प्रक्रिया र राज्यका निकायलाई सम्मान गर्दै उपस्थित भएको स्पष्ट पार्दै भने, “ऋण तिर्ने क्रममा म यहाँ हाजिर हुन आएँ, ‘म आए है’ भन्न आएँ।”रविको पछिल्लो समय केपी ओलीसँग जुहारी परिरहेको छ । पहिले देखि रवि लामिछानेको विषयमा सदनभित्र होस् वा सदनबाहिर कडा रूपमा प्रतिवाद गर्नेहरूमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री गगन थापा अग्रमोर्चामा देखिएका थिए।