काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा भीभीआईपीहरूको उपचारका लागि खर्च गरिएको रकम राज्यकोषमा फिर्ता गरेको छ ।

उच्च स्रोतका अनुसार एमालेले करिब रु तीन करोड ९० लाख राज्यको ढुकुटीमा जम्मा गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त खर्चबारे अनुसन्धान अन्तिम चरणमा पुर्‍याएका बेला रकम फिर्ता गरिएको जनाइएको छ ।

ADVERTISEMENT

सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली को वैदेशिक उपचारमा रु दुई करोड ३९ लाख खर्च गरेको थियो । त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनाल लाई रु ८१ लाख तथा पूर्वराष्ट्रपति रामवरण यादव लाई रु ७० लाख उपलब्ध गराइएको थियो ।

उक्त रकम कानुनविपरीत खर्च गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले छानबिन गरिरहेको थियो ।

ADVERTISEMENT

स्रोतका अनुसार रकम फिर्ता गरेपछि सम्भावित कारबाहीबाट जोगिन सकिने आकलनका साथ एमालेले रकम फिर्ता गरेको हुनसक्ने अनुमान गरिएको छ ।

यद्यपि एमाले नेताहरूले यस विषयमा पार्टीभित्र औपचारिक छलफल नभएको बताएका छन् । आज बोलाइएको सचिवालय बैठकमा यसबारे छलफल हुन सक्ने जनाइएको छ ।