काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १८ हजार आठ सयले घटेको हो । महासंघका अनुसार सुन तोलामा तीन लाख र त्यति नै परिमाणको चाँदीको मोल पाँच हजार ५०० रुपैयाँ कायम भएको छ । दुई दिनमै सुन ताेलामा ३९ हजारले घटेकाे छ ।

ADVERTISEMENT

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल सात हजार ६५ रुपैयाँ कायम भएको थियो । बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ रुपैयाँमा किनबेच भएको थियो ।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल सात हजार ३०० रुपैयाँ कायम भएको थियो । गत मंगलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल ६ हजार ८७० रुपैयाँ कायम भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८६५ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।