काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सरकार चुनाव नगराउने बाटोमा लागेको आरोप लगाएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको तेश्रो पूर्ण बैठकमा आइतबार ओलीले बंगलादेश र म्यानमारमा जस्तै नेपालमा पनि चुनाव नगराउने षड्यन्त्र भएको दाबी गरे । उनले अबको निकास प्रतिनिधिसभा पुनःस्थापना भएको दाबी गरे ।

ओलीले सरकार निरंकुश ढंगले अघि बढेको आरोप पनि लगाए । उनले फागुनमा चुनाव नहुने बताए ।