काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको भाउ भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको हो।

महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि बिहीबार पनि सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको थियो। पछिल्लो दुई दिनमा सुनको मूल्यमा लगातार गिरावट देखिएको छ।

ADVERTISEMENT

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ।

ADVERTISEMENT

 

ADVERTISEMENT