काठमाडौं । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य लगातार वृद्धि भएको छ । बिहीबार सुन प्रतितोला एक हजार आठ सय रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९६ हजार आठ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।
बिहीबार चाँदी प्रतितोला पाँच हजार १५५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। बुधबार चाँदी प्रतितोला पाँच हजार ५५ रुपैयाँ खरिदबिक्री भएको थियो।








