काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले नेपालमा सञ्चालित फेसन तथा लाइफस्टाइल ब्रान्ड KTM CTY का आउटलेटमा कपडा खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। यससम्बन्धी सम्झौतापत्रमा बैंक र KTM CTY बीच हस्ताक्षर भएको छ।

सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकले KTM CTY का १७ वटै आउटलेटमा उपलब्ध पहिरन तथा कपडा खरिद गर्दा छुट प्राप्त गर्न सक्नेछन्।

ADVERTISEMENT

स्पोर्ट्सवेयर, ज्याकेटलगायत विभिन्न पहिरन बिक्री गर्दै आएको KTM CTY ले फेसन तथा लाइफस्टाइल क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेको छ। गुणस्तर र ग्राहकको बदलिँदो आवश्यकतालाई प्राथमिकता दिँदै आएको कम्पनीसँगको सहकार्यले बैंकका ग्राहकलाई खरिदमा थप सुविधा पुग्ने बैंकले विश्वास लिएको छ।

ADVERTISEMENT

ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब पनि सञ्चालनमा ल्याएको छ। बैंकले यस्ता सहकार्य तथा सेवामार्फत ग्राहकलाई थप सुविधा प्रदान गर्ने प्रयास गरिरहेको जनाएको छ।

 

ADVERTISEMENT