काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ संस्करण ५ सम्पन्न भएको छ ।

जेठ १७ गतेदेखि जेठ २० गते बुधबारसम्म काठमाडौंमा सम्पन्न प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ । माछापुच्छ्रे बैंकले द्वितीय स्थान हासिल गरेको छ ।

ADVERTISEMENT

प्रतियोगितामा ९ वाणिज्य बैंक, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनी र १ मर्चेन्ट बैंक गरी कुल २४ टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको विजेताहरुलाई पुरस्कार वितरण शुक्रबार सम्पन्न भएको छ । पूर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा नेपली राष्ट्रिय क्रिकेट टोलीका पुर्वकप्तान ज्ञानेन्द्र मल्लको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंकलाई ट्रफी हस्तान्तरण गरियो । साथै, माछापुच्छे« बैंकलाई उपविजेता ट्रफीसमेत प्रदान गरियो ।

ADVERTISEMENT

प्रतियोगितामा उत्कृष्ट फिल्डर लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधान, उत्कृष्ट विकेट किपर सानिमा जिआईसी इन्स्योरेन्स लि.का अनिल भुजेल, उत्कृष्ट बलर नेपाल बैंक लिमिटेडका मोहनकुमार श्रेष्ठ, उत्कृष्ट ब्याट्सम्यान माछापुच्छ्रे बैंकका स्रिजन सुवेदी तथा उत्कृष्ट खेलाडी प्राइम कमर्सियल बैंकका कृतार्थ शाक्यले जित्न सफल भए । साथै, फेयर प्ले अवार्ड सानिमा जिआईसी इन्स्योरेन्स लि.ले जितेको छ ।