काठमाडौँ । विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा भने केही उतारचढाब आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको छ । एक तोला चाँदीको मोल पाँच हजार ६२५ रुपैयाँ निर्धारण भएको छ ।
गत बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ र शुक्रबार दुई लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार एक तोला चाँदी पाँच हजार ४८५ र शुक्रबार पाँच हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, डलर विनिमय दर तथा भूराजनीतिक अनिश्चितताका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको महासंघले जनाएको छ । आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५९६ र त्यति नै तौलको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







