काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार पनि सेयर बजार बढेको छ । पछिल्लो समय सकारात्मक माहोल बनेपछि सेयर बजार बढ्ने क्रम जारी छ ।

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पाँच अंकले बढेर २९७८.८८ बिन्दुमा पुगेको छ ।

आज ९८ कम्पनीको मूल्य बढ्दा १५२ कम्पनीको सेयर मूल्य घटेको छ । ३१९ कम्पनीको चार करोड कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

ADVERTISEMENT

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । शिवम् सिमेन्टको ७५ करोड, निफ्राको ६२ करोड, बुटवल पावर कम्पनीको ६२ करोड र नेपाल रिइन्स्योरेन्स कम्पनीको ५५ करोड रुपैयाँको कारोबार भएको छ ।

ADVERTISEMENT

बुधबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ट्रेड टावर, ग्रीन भेन्चर र सान्भी इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । दिनभर सेयर बजार करेक्सनको दिशामा जाने धेरैले अनुमान गरेका थिए । तर अन्तिम मिनेटमा नेप्से पाँच अंकले बढ्न पुगेको छ ।