काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० अंकले बढेर ३००१.८० बिन्दुमा पुगेको छ । १७६ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको मूल्य घटेको छ ।
मंगलबार ३२१ कम्पनीको चार करोड १८ लाख कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबारको तुलनामा कारोबार रकम घटेको हो ।
आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, ग्रीन भेन्चरको ६३ करोड, नेपाल रिइन्स्योरेन्सको ५६ करोड, हिमालयन रिइन्स्योरेन्सको ५२ करोड र राधी विद्युत कम्पनीको ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । केही दिनदेखि ट्रेड टावर र सान्भी इनर्जीको सेयरमा निरन्तर सर्किट लागिरहेको छ ।







