काठमाडौं, असोज २ । पाँचै दिन कारोबार भएको यो साता शेयर बजारमा उत्साह देखिएको छ। साताको तेस्रो कारोबार दिन बुधबार सामान्य करेक्सन आए पनि सोमबार, मंगलबार, बिहीबार र शुक्रबार नेप्से परिसूचक बढेको हो।

साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक २२ दशमलव ८५ अंकले बढेर २६४७ दशमलव २२ बिन्दुमा पुगेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ५ दशमलव ३२ अंकले बढेर ४७१ दशमलव ७ बिन्दुमा पुगेको छ।

ADVERTISEMENT

यो साता ३५० कम्पनीका शेयर २ लाख ८९ हजार ५७४ पटक कारोबार भएका छन्। कुल ८ करोड १९ लाख ६७ हजार ८६९ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ३० अर्ब ६१ करोड ३२ लाख २२ हजार २१८ रुपैयाँ पुगेको छ।

ADVERTISEMENT

यो रकम गत साताको तुलनामा करिब १४ अर्ब २२ करोड रुपैयाँ बढी हो। गत साता ३५२ कम्पनीको शेयर कारोबार हुँदा ४ करोड २९ लाख ४१ हजार ९९८ कित्ता शेयर किनबेच भएको थियो। उक्त साता कारोबार रकम १६ अर्ब ३९ करोड १६ लाख ३६ हजार ८४८ रुपैयाँ थियो।

पाँच दिनको बजार अवस्था

सोमबार नेप्से २५ दशमलव ५५ अंकले बढेर २५८५ दशमलव ४ बिन्दुमा पुगेको थियो। मंगलबार थप ४८ दशमलव ५७ अंकले बढेर २६३३ दशमलव ६२ बिन्दुमा पुगेको बजार बुधबार भने २१ दशमलव १९ अंकले घटेर २६१२ दशमलव ४२ बिन्दुमा झरेको थियो।

बिहीबार नेप्से पुनः ११ दशमलव ९३ अंकले बढेर २६२४ दशमलव ३६ बिन्दुमा पुगेको थियो। शुक्रबार थप २२ दशमलव ८५ अंकको वृद्धि भएपछि साताको अन्त्यमा नेप्से २६४७ दशमलव २२ बिन्दुमा कायम भएको हो।

यसैबीच, कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, कुमारी बैंक र सिद्धार्थ बैंक अगाडि देखिएका छन्। बजार पुँजीकरणका आधारमा भने नेपाल टेलिकम, नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेका छन्।

दैनिक शेयर कारोबार

दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम
सोमबार ३३६ ४९,०७४ १,१५,९५,६५४ रु. ४,६८,८६,८२,२०३.७१
मंगलबार ३४७ ६८,८६९ २,०३,८७,४१३ रु. ८,२९,००,१७,११५.६१
बुधबार ३५० ५५,८३१ १,५१,०१,५५५ रु. ५,३८,९५,७४६.००
बिहीबार ३३९ ५१,७२८ १,३६,१०,४९६ रु. ५,४९,९३,१६६,४३.५३
शुक्रबार ३४५ ६४,०७२ २,१२,७२,७६१ रु. ६,७४,५६,३१६,०७.१८
कुल ३५० २,८९,५७४ ८,१९,६७,८७९ रु. ३०,६१,३२,२२,२१८.०३