काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४ अंकले बढेर २७६० बिन्दुमा पुगेको छ । मौद्रिक नीतिपछि आइतबार उच्च विन्दुमा बढेको नेप्से सोमबार दोहोरो अंकले घटेको थियो । कारोबार रकम पनि घटेको थियो ।

आज २०९ कम्पनीको सेयर मूल्य बढ्दा ३९ कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार ३१७ कम्पनीको दुई करोड ६५ लाख कित्ता सेयर किनबेच हुँदा नौ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये सबैभन्दा धेरै बुटवल पावर कम्पनीको ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, निफ्रा ग्रीन इनर्जीको ५० करोड, राधी जलविद्युत कम्पनीको ४३ करोड, एनआइसी एशिया बैंकको ३० करोड र एनआरएन इन्फ्रइस्ट्रक्चरको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।