काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा झिनो वृद्धि भएको छ । पछिल्लो तीन कारोबार दिनदेखि घटिरहेको नेप्से आज ने सामान्य अंक बढेको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.७९ अंक बढेर २६४१.८५ विन्दुमा पुगेको छ। १३ मध्ये ६ उपसमूहको परिसूचक बढेको छ । बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। सोमबार तीन अर्ब ६७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । मंगलबार ३४० स्टकको ५२ हजार ७३ पटकको कारोबारमा चार अर्ब ११ करोड नौ लाख ७४ हजार रुपैयाँबराबरको ९५ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज सोलु हाइड्रोपावर कम्पनीको ४४ करोड ८७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। रिडी पावर कम्पनीको साढे ३३ करोड र ङादी ग्रुप पावरको करिब १८ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
मंगलबार अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य यस दिन ५६ रुपैयाँ ९० पैसा बढेर ४३६ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। बाँकी स्टकहरुको वृद्धिदर भने ६ प्रतिशतभन्दा कम छ।





