काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक झिनो अंक बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.८२ अंक बढेर २७८२.१८ विन्दुमा पुगेको छ। बुधबार उच्च अंक घटेर बन्द भएको नेप्से आज सामान्य अंक बढेको हो ।

नेप्से सामान्य अंक बढे पनि कारोबार रकम भने घटेको छ। बुधबार १२ अर्ब १० करोड रुपैयाँबराबरको कारोबार भएको थियो । आज ३२८ स्टकको एक लाख तीन हजार २२५ पटकको कारोबारमा आठ अर्ब ८१ करोड ९७ लाख २३ हजार रुपैयाँबराबरको दुई करोड १३ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ ।

ADVERTISEMENT

आज एसवाई प्यानल नेपाल कम्पनीको ३५ करोड ७० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। ङादी ग्रुप पावरको करिब ३१ करोड रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको साढे २९ करोड रुपैयाँ कारोबार भएको छ ।

बिहीबार ६ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्स, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर र होटल फरेष्ट इनको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ । श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ।