काठमाडौं । कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च वृद्धि भएको छ । आज नेप्से ३४.६० अंकले बढेर २६९५ विन्दुमा अडिएको छ ।

तीन दिनदेखि लगातार सेयर बजारमा हरियाली छाएको छ । बुधबार तीन करोड १८ लाख बराबरको सेयर किनबेच हुँदा नौ अर्ब ७४ करोड ४८ लाख बराबरको कारोबार भएको छ । पछिल्लो केही समययता बुधबार कारोबार रकम पनि बढेको हो ।

ADVERTISEMENT

आज तीन सय १७ कम्पनीको सेयर कारोबार हुँदा ग्रिन डेभलोपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको सेयर नेटवर्थ बढेको छ । दुवैको ९.९९ प्रतिशतले सेयर बढेको छ । त्यसपछि नेपाल इन्स्यारेन्स कम्पनी, गुराँस लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंकको सेयर बढेको छ ।

बुधबार एनआरएन इन्फ्रास्टक्चरको सेयर कारोबार सबैभन्दा बढी छ । त्यसपछि साहस ऊर्जा, सप्तकोशी डेभलोपमेन्ट बैंक, लक्ष्मी सनराइज बैंक छन् ।

ADVERTISEMENT